प्रधानमन्त्रीलाई धन्यवाद दिदै शहरी विकास मन्त्रीबाट ईस्तियाक राईको राजिनामा


 

नेपालगन्ज – बाँकेका प्रतिनिधिसभा सदस्य एवं शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिदै राजीनामा पत्र बुझाएका छन् । समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेसँगै उनले राजीनामा गरेका हुन् ।

राजीनामामा सहकार्य गर्ने अवसर दिएकोमा विशेष धन्यवाद व्यक्त गरिएको छ । उनले नेपालको संविधानको धारा ७७ को उपधारा २ क बमोजिम मन्त्री पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै उपेन्द्र यादवले समेत पदबाट राजिनामा दिएका छन् । उनको राजिनामा पत्रमा सरकारले संविधान संशोधनमा प्रधानमन्त्रीले चासो नदिए पछि राजिनामा दिनुपरेको बताएका छन् ।

प्रकाशित मितिः     ८ पुष २०७६, मंगलवार १५:५९  |