एशियाका सबैभन्दा धनाढ्य मुकेश अम्बानीकालागि सन् २०१९ असाध्यै राम्रो रह्यो।
भारतीय बिजनेस टाइकुन अम्बानीले आफ्नो सम्पत्तिमा यो वर्ष मात्रै करिब १८ अर्ब अमेरिकी डलर थपे। यसले उनको सम्पत्तिलाई बढाएर ६१।९ अर्ब अमेरिकी डलर बनाइदियो।
ब्लुमबर्ग बिलेनियर इन्डेक्सका अनुसार उनको सम्पत्ति यो वर्ष ज्याक मा र जेफ बेजोस्को भन्दा धेरै बढेको छ ।
यो वर्ष अलिबाबा ग्रुपका संस्थापक ज्याक माले आफ्नो सम्पतिमा ११ अर्ब अमेरिकी डलर जोडेका थिए भने जेफ बेजोस्ले १३।६ अर्ब अमेरिकी डलर गुमाएका थिए।
अम्बानीको सम्पत्ति थपिनुमा यो वर्ष रिलायन्स इन्डस्ट्रीको शेयरमा ४० प्रतिशतले बृद्धिले सबैभन्दा बढी टेवा दियो। रिलायन्स इन्डस्ट्रीको शेयरमा तेब्बरभन्दा बढी बृद्धि भएको थियो।
यस वर्ष लगानीकर्ताले रिलायन्सको शेयरमा पैसा लगाएको लगायकै छन् किनभने यसका नयाँ भेन्चरहरु जस्तो टेलिकम्युनिकेसन्स तथा रिटेल बिजनेसमा चमक छ।
अम्बानीले भारतमा झण्डै ५०अर्ब अमेरिकी डलर वायरलेस क्यारियरमा खर्च गरिसकेका छन् जुन आएको तीन वर्षमा नै भारतकै नम्बर एक बनिसकेको छ। रिटेल बिजनेसमा उनी अमेजन डट कम जस्तै लोकल इकमर्स जायन्ट बन्ने लक्ष्यका साथ अघि बढेका छन्।

मुकेस अम्बानीले रिलायन्स इन्डस्ट्रीको सार नै बदलिदिएका छन्। तेल र ग्यासको मात्र लिडर रहेको कम्पनीले टेलिकम रिटेलका साथै संभावित इ कमर्सको लिडरका रुपमा उभ्याउने भिजनले अघि बढेको जिसिजी एसेट म्यानेजमेन्ट कम्पनीका चिफ इन्भेष्टमेन्ट अफिसर चक्री लोकप्रियाले बताए।
ुमुकेशले सफलतापूर्वक पहिचान लगानी र पुराना ब्यापारबा नयाँमा तीब्र छलाङ मारे।ु( उनले भने। यसबाट आगामी चार बर्षमा कम्पनीका शेयरहोल्डरले दोब्बर नाफा कमाउन सक्ने उनको प्रक्षेपण छ।
गत अगस्टमा नै मुकेशले रिलायन्सको नयाँ ब्यापारले केही वर्षमै रिलायन्सको मुनाफामा ५० प्रतिशत योगदान गर्ने बताइसकेका छन् जुन योगदान हाल ३२ प्रतिशत छ।
फोन अपरेटरका रुपमा सफल रहेको रियालयन्सका अध्यक्ष ६२ वर्षका अम्बानीले सन् २०२१ भित्रै आफ्नो कुल कर्जा शून्यमा झार्ने प्रतिबद्धता समेत जनाइसकेका छन्।
उनले रिलयान्सको केही शेयर साउदी अरेबियन तेल कम्पनीलाई बेच्नुका सै आगामी ५ वर्षमा टेलिकम्युनिकेसन्स तथा रिटेल युनिटलाई लिस्टिङ गर्नेसम्मका योजना बनाएका छन्। यस्तै रिलायन्स जियो इन्फोकमको टावरहरुको बिक्री तथा रणनीतिक साझेदार खोज्ने सम्मका योजना बनाएको छ।
३५ करोडभन्दा धेरै उपयोगकर्ता भएको जियो लिस्टेड कम्पनी होइन।कम्पनीको कुल आय ९।९६ अर्ब भारतीय रुपैयाँ कुल आम्दानी सेप्टेम्बर त्रैमासिककमा गरेको छ जबकी दुई अन्य निजी क्षेत्रका सेवा प्रदायकले नोक्सानी ब्योहोरेको तथ्यांक छ।