काठमाडौं। नेपाल आयल निगमले ग्यास बोटलिङ प्लान्टको अनुमति पाएका कम्पनीलाई ९० दिनभित्र उत्पादन खरीद आदेश(पिडिओ) लिन सूचना जारी गरेको छ।
निगमले ९० दिनभित्र पूर्वाधार तयार पारेर पनि पिडिओ नलिएमा कम्पनी खारेज हुने स्पस्ट पारेको छ। निगम स्रोतका अनुसार काठमाडौंको सिता केयर ग्यास उद्योग र सुदुरपश्चिमको साइपाल ग्यास उद्योगलाई लक्षित गर्दै यो सूचना आएको हो। सीता केयर पेट्रोलियम व्यवसायी सीताराम तिमिल्सिनाको उद्योग हो।
उनी एभरेष्ट ग्यास उद्योगका संस्थापक लगानीकर्ता हुन्। तर व्यवसायी शिव घिमिरेसँगको लफडापछि उनी एभरेष्ट ग्यासबाट वाहिरिएका थिए। नाताले सम्धी भएपनि तिमिल्सिना र घिमिरेबीच सम्वन्ध राम्रो छैन। एभरेष्ट ग्यास र अक्सिजनबाट वाहिरिएका तिमिल्सिना जलविद्युत क्षेत्रमा लागेका थिए। उनले पाँचथरमा २२ मेगावाटको तल्लो मेवाखोला निर्माण गरिसकेका छन्।
तर पेट्रोल पम्प र ग्यासमा रमाएका तिमिल्सिना फेरि ग्यास उद्योगमा आएका छन्। निगम स्रोतका अनुसार १० वटाले बोटलिङ प्लान्ट राख्न निगमबाट अनुमति लिएका छन्। ती मध्ये केहीको शाखाको रुपमा अनुमति लिएका छन्।
यो वाहेक शाखा उद्योग खोल्ने भन्दै केहीले अनुमति पाएका छन्। निगम स्रोतका अनुसार सगरले नवलपरासीमा पूर्वाधार तयार पारिसकेको छ।