महोत्सवमा के -के किन्न पाइन्छ ? हेर्नुहोस् तस्विर


नेपालगञ्ज १२ पुस – नेपालगन्जमा लागेको महोत्सवमा ब्यापार बढेको छ । मनोरन्जन मात्र होइन सामान किनमेलका लागि पनि मेला भर्न जाने गरेको पाइएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज उप महानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा शुक्रवारदेखि नेपालगन्जको सडक विभाग परिसरमा आयोजना गर्ने महोत्सव शुरु भएको हो ।

यस क्षेत्रको घरेलु तथा लघु उद्योगको संरक्षण, विकास तथा उनीहरुको उत्पादनलाई बजारीकरण गर्ने मुख्य उद्देश्य राखेर महोत्सव आयोजना गरिएको छ । भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा आयोजना गरिएको यस महोत्सवले पर्यटनलाई समेत विकास गर्ने आशा गरिएको आयोजक मूल समारोह समितिको सचिवालय संयोजक सतिश अधिकारीले बताए ।

प्रकाशित मितिः     १२ पुष २०७६, शनिबार १७:०७  |