नेपालगञ्ज महोत्सवमा सिभिल बैंकको स्टल, खाता खोल्नेलाई तत्काल एटिएम कार्ड पनि दिदै


नेपालगन्ज १२ पुस – नेपालगञ्जमा लागेको महोत्सवमा जाँदा बैंकको खाता सित्तैमा खोल्न पाइन्छ भने त्यस वापत तत्कालै एटिएम कार्ड समेत उपलब्ध भइरहेको छ । सिभिल बैंक नेपालगञ्ज शाखाले महोत्सवस्थलमै यस्तो सेवा दिइरहेको शाखा प्रबन्धक उपेन्द्र दाहालले बताए ।

खाता खोल्नका लागि सेवाग्राहीसंग नागरिकता वा लाइसेन्स जस्ता कागजात भने हुनुपर्नेछ । त्यस्तो कागजात संगै लिएर जानु भयो भने शुन्य मौजादमा उक्त बैंकको खाता खोल्न सकिने छ । महोत्सवमा खाता खोलेर तत्काललै एटिएम वितरण गरेपछि सेवाग्राहीको घुँइचो लागेको शाखा प्रबन्धक दाहाल बताउँछन् ।

सिभिल बैंकले खाता खोल्दा एक लाख, सातलाखदेखि ५० लाखसम्मको बिमा गर्दै आएको छ । रु १ हजार जम्मा गर्ने सेवाग्राहीले रु ५० लाखसम्मको बिमान पाउने छन् । यसका लागि निश्चित प्रावधान भने बैंकले राखेको छ । खाता खोल्दा बिमा गर्ने सिभिल बैंकको नयाँ योजनाबाट सेवाग्राहीले लाभ लिइरहेका छन् ।

प्रकाशित मितिः     १२ पुष २०७६, शनिबार १७:४२  |