पर्यटकीय गन्तव्य जोड्न ‘टुरिज्म टे«न’


  • बिजमाण्डुबाट

काठमाडौं । पूर्व-पश्चिम र उत्तर-दक्षिण रेल चलाउने योजना पूरा नहुँदै मुलुकका प्रमुख पर्यटकीय क्षेत्रलाई जोड्ने लक्ष्यसहित सरकारले दुईवटा टुरिज्म ट्रेनु चलाउने योजना पनि बनाएको छ।

काठमाडौं, पोखरा, चितवन र लुम्बिनी रेलमार्ग विकास गर्न योजना बनाइएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए। राजधानीलाई मुख्य दुई पर्यटकीय गन्तव्यसँग रेलमार्गमार्फत जोड्ने योजना हो, उनले भने, यो रेलमार्ग सामन्य रेलभन्दा फरक खालको हुनेछ । कस्तो मोडेल उपयुक्त हुन्छ भन्ने विषयमा विभागमा छलफल चलिरहेको उनले बताए।

निर्माणका लागि चीनको सहयोग लिन लागिएको छ। आगामी जुनमा नेपाल र चीनका बीच रेलमार्ग सम्बन्धि विषयमा बैठक हुँदैछ। उक्त बैठकमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) सरहको डिटेल फिजिबिलिटी (विस्तृत सम्भाव्यता) गरिदिन प्रस्ताव गर्ने योजना रहेको महानिर्देशक मिश्रले जानकारी दिए।

रेलमार्गको यो योजनाको पूर्व सम्भाव्यता अध्ययन ९प्री(फिजिबिलिटी० रिपोर्ट भने तयार भइसकेको छ। चिनियाँ पक्षको आर्थिक र प्राविधिक सहयोगमा सम्भाव्यता अध्ययन गरिएको हो। प्रतिवेदनले रेलमार्ग निर्माण गर्न सकिने देखाएको छ। गत मंसिर दोस्रो साता चिनियाँ रेलवे एडमिनिस्ट्रेसनका प्रतिनिधिहरू रेलको विषयमा छलफल गर्न नेपाल आएका थिए। प्रत्येक ६ महिना नेपाल(चीनबीच रेल सम्बन्धि सयुक्त वर्किङ कमिटीको बैठक हुने गरेको छ। सोही बैठकमा उनीहरूले सम्भाव्यता अध्ययन प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन्।

उक्त प्रतिवेदनअनुसार दुवै गन्तव्यसम्म रेलमार्ग विकास गर्नका लागि करिब सात खर्ब लागत लाग्ने प्रारम्भिक अनुमान छ। विस्तृत अध्ययन गरेपछि भने भने लागत प्रतिशत केही थपघट हुन सक्ने विभागले नजाएको छ।

काठमाडौं(पोखरा रेलमार्गका लागि करिब ४ खर्ब रूपैंयाँ लाग्ने अनुमान गरिएको छ। यो रेलमार्गका लागि काठमाडौंको टोखालाई जीरोकिलो ९प्रस्थान विन्दु० मानिएको छ। टोखाबाट नुवाकोट निस्किएर पृथ्वी राजमार्गतिर मोडिने छ। पृथ्वी राजमार्ग करिडोर आसपासको भएर रेलमार्ग बन्ने छ। रिपोर्टमा उल्लेख गरिएको तीन एलाइन्टमेन्टमध्ये यसलाई सबैभन्दा उपयुक्त भनेर प्राविधिकले सिफारिस गरेका छन्। यो रुट करिव १ सय ६८ किमि लम्बाइको हुनेछ। पहाडी भूभागमा सुरुङ र पुल निर्माण गरेर रेलमार्गको लिक बिच्छ्याउनु पर्नेछ।

त्यसैगरि लुम्बिनीसम्म पुग्ने रेल पनि कुरिनटारसम्म एउटै एलाइन्टमेन्टमा जानेछ। कुरिनटारबाट चितवनको भरतपुर हुँदै रुपन्देहीतिर जानेछ। जसको लम्बाइ करिब १ सय ९० किमि हुनेछ भने लागत करिब तीन खर्ब अनुमान गरिएको छ। पर्यटकको आगमन दर बढाउन सहज यातायातको सञ्जाल तयार पार्नका लागि मल्टिमोडल कनेक्सनु विकास गर्नुपर्ने महानिर्देशक मिश्रको तर्क छ। त्यसकै लागि सरकारले हवाइ, सडक र रेल सबै माध्यमको विकास गर्ने योजना अघि सारेको हो।

ुटुरिज्म ट्रेनु को यो योजना भने सरकारको दोस्रो प्राथमिकतामा छ। सुरूमा चीनसँग भएको सम्झौताअनुसार उनीहरूले सम्भाव्यता अधययन गरिदिएका हुन्। पछिल्लोपटक भएको द्धिपक्षीय सम्झौता ९एमओयु० मा भने यो रेलमार्गको विषय समावेश छैन।

चीनसँग जोड्ने केरुङ-काठमाडौं रेलमार्ग योजना पहिलो प्राथमिकतामा रहेको रेल विभागले जनाएको छ। टुरिज्म ट्रेनु निर्माण गरेर सञ्चालनमा ल्याउन सके पर्यटक आगमन दरमा सकारात्मक असर पर्ने विभागको दाबी छ। हाइ-स्पिडको विद्युतीय रेल निर्माण गर्न सके सामान्यतया प्रतिघण्टा ३ देखि ४ सय किमिसम्म कुदाउन सकिने छ। अझ एडभान्स रेल त्योभन्दा बढी गतिको हुन्छ। महत्वाकांक्षी योजना भए पनि ुटुरिज्म ट्रेनु को आन्तरिक पर्यटन पनि प्रवर्द्धन गर्ने अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मितिः     १३ पुष २०७६, आईतवार १०:४७  |