गाडी किन्न कर्जा दिने इन्भेष्टमेन्ट कम्पनीलाई स्वीकृत दिदै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकमा २ वर्षअघिबाट आवेदन दिएर पनि रोकिएर बसेका हायर पर्चेज कम्पनीहरुलाई राष्ट्र बैंकले स्वीकृत दिन थालेको छ । केन्द्रीय बैंकले पुराना आवेदन दिएर बसेका कम्पनीहरुलाई प्रक्रिया पुरा गरेर आएको खण्डमा लाईसेन्स दिन लागेको जनाएको हो ।

‘करिब तीन वर्ष अगाडि आवेदन दिएर बसेका कम्पनीहरुले प्रक्रिया पुरा गरेर आएको खण्डमा लाइसेन्स दिने भन्ने निर्णय भएर काम अगाडी बढेको छ । अहिलेसम्म एउटा कम्पनीले लाइसेन्स लागिसकेको र एउटाले प्रक्रिया पुरा गरेको छ भने एउटाले प्रक्रियाबारे बुझेर गएको छ’ राष्ट्र बैंक नियमन विभागका निर्देशक किरण पण्डितले जानकारी दिए ।

उनका अनुसार भेन्चर हायर पर्चेजले लाईसेन्स लगिसकेको छ भने मनकामना हायर पर्चेजको अन्तिम प्रक्रिया पुरा हुन बाँकी छ । त्यस्तै अग्नी इन्भेष्टमेन्टले आवस्यक जानकारी लिएर गएको छ ।

यसअघि २०७५ माघमा नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० लाई संशोधन गरेको थियो । नयाँ संशोधित व्यवस्था अनुसार चुक्तापुँजी ३० करोड पुर्याउनुपर्ने व्यवस्था गरिएको थियो ।

सुरुमा १० करोड रुपैयाँ चुक्तापुँजीबाट सुरु भएका कम्पनीहरुले २०७७ असार मसान्तसम्म २० करोड र २०७८ असारसम्म ३० करोड पुर्याउनुपर्ने भनिएको थियो नयाँ आउने कम्पनीले चुक्ता पुँजी सुरुवात मै ३० करोड रुपैयाँ पुर्याउनु पर्ने छ ।

आवेदन दिएर बसेका कम्पनीले अहिले तत्काल स्वीकृति लिन खासै चासो देखाएको देखिदैन । केन्द्रीय बैंकले लगानीको क्षेत्रमा सिमित्ता तोकिदिएसँगै कार तथा मोटरसाइकल बिक्रेता कम्पनीले ल्याउन आवेदन दिएका कम्पनीहरु पछि हट्ने देखिएको हो ।

‘पहिला दर्ता हुने कम्पनीले जस्तोसुकै सवारीसाधनमा कर्जा प्रबाह गर्न सक्ने थिए । अहिले आउने नयाँ कम्पनीलाई सिमा तोकिएको छ । ३० करोड पुँजी लगाएर खोलिने कम्पनीले व्यवसाय नपाउने अवस्थामा कसरी नयाँ कम्पनी आउँछ’ आवेदन दिएर बसेको जिओ इन्भेष्टमेन्टका आकाश गोल्छाले भने ।

यी हुन् आवेदन दिएर बसेका ८ कम्पनी

१। भेन्चर हायर पर्चेज ९लाईसेन्स पाइसकेको ०

२। मनकामना हायर पर्चेज ९अन्तिम स्वीकृतिको अवस्थामा रहेको०

३। अग्नी इन्भेष्टमेन्ट ९राष्ट्र बैंकमा प्रक्रिया बुझन गएको०

४। जिओ फार्ड

५। नेक्सजेन हायर पर्चेज

६। वृद्धि हायर पर्चेज

७। भिजी इन्भेष्टमेन्ट

८। एनजीएम इन्भेष्टमेन्ट

प्रकाशित मितिः     १३ पुष २०७६, आईतवार १९:२९  |