गनापुर सुर्खेत रोडमा होटल गोल्डेन ब्लिज (होटल भेरी) सञ्चालनमा आएको छ । राझाँ चोकबाट मात्र एक किलोमिटर कोहलपुर तर्फ रोडमा अवस्थित गोल्डेन ब्लिजले नयाँ बर्ष २०२० लाई स्वागत गर्दै पर्यटन वर्षको पहिलो दिन जनवरी १ बुधबार एक भव्य कार्यक्रमको आयोजना पनि गर्ने भएको छ । उक्त दिन साँझ ७ बजे पछि बिशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको होटलका प्रबन्ध निर्देशक सिताराम यादवले जानकारी दिएका छन् ।
उनका अनुसार, काठमाण्डौको व्याण्ड क्यानन हिल्स र नेपालगञ्जको चर्चित आवाज दी व्याण्डले लाईभ प्रस्तुती दिने छन् साथमा आकर्षक नृत्यका प्रस्तुती पनि समावेश गरिने छ ।
कार्यक्रम होस्ट यस क्षेत्रका चर्चित प्रस्तोता समिर मान श्रेष्ठले गर्दैछन् ।
प्रवेश शुल्क प्रति व्यक्ति १२ सय र ‘कपल’लाई रु २ हजार तोकिएको छ । यसमा एकपटक वेलकम ड्रिंक्स फ्रि (अलकोहल वा नन् अलकोहल) र लाईभ स्न्याक्स तथा खाना अनलिमिटेड व्यवस्था गरिएको छ ।
उक्त होटलका बिजनेश कन्सल्टेन्ट मोहमद रफिका अनुसार नयाँ वर्ष र पर्यटन वर्षलाई स्वागत गर्न चाहनेहरूको लागि यो कार्यक्रम यादगार साबित हुनेछ । उक्त दिन बस्ने सेवाग्राहीलाई २५ सय र कपललाई ३५ सयमा टिकट शुल्क सहितको रुम पनि उपलब्ध रहेको छ ।