नेपालगञ्ज १५ पुस – प्रदेश ५ अन्तरगत पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिकाले पु्स १६ गते बुधबार सार्वजनिक विदा दिएको छ । प्रदेश ५ मा पर्यटन वर्षको शुभारम्भ ठाकुरद्धाराबाट शुरु हुँदै छ । मुख्यमन्त्री शंकर पोख्रेल लगायतका बिशिष्ट व्यक्तिहरु ठाकुरद्धारा जाँदै छन् ।
नगरपालिकाले भ्रमण वर्षको अवसरमा सबै वडा कार्यालयको साथै नगरभित्रका शिक्षण संस्था र सरकारी कार्यालयमा विदा दिने निर्णय भएको जनाएको छ ।