काठमाडौं। भ्रमण बर्ष २०२० लाई सफल बनाउन सबै बैंक तथा वित्तीय संस्थाहरुले वेवसाइट तथा सामाजिक सञ्जालबाट प्रचार प्रसार गर्नु पर्ने भएको छ।
राष्ट्र बैंकले मंगलबार सुचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाले आफ्नो वेवसाइट लगायत अन्य आधिकारिक सामाजिक सञ्जालहरुमा नेपाल भ्रमण बर्ष २०२० को लोगो तथा भ्रमण बर्ष सचिवालयको वेवसाइट लिङ्क राख्नु पर्ने निर्देशन दिएको हो।
पर्यटकको आवागमन बढिह ने प्रमुख पर्यटकीय गन्तब्यमा नेपाल पर्यटन बोर्ड र भ्रमण बर्ष सचिवालयसँग समन्वय गरी सामाजिक उत्तदायित्व अन्तर्गत काम गर्न पनि निर्देशन दिइएको छ।