नेपालगञ्ज – महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज बिए प्रथम वर्ष सामाजिक कार्य विषयमा विद्यार्थीले नेपालगञ्ज वडा नं. १५ का बिभिन्न परिवारलाई सिरक र लत्ताकपडा वितरण गरेका छन् ।
विषय शिक्षक जेन्टिल गौतमको अगुवाईमा विद्यार्थीहरुले संकलन गरेको लत्ताकपडा र सिरक आज मंगलवार वितरण गरिएको हो । १२ घर परिवारलाई सिरक र डेढ सय परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।
सामाग्री वितरण कार्यक्रममा पुगेका महेन्द् बहुमुखी क्याम्पसका प्रमुख गणेश रेग्मी, सहायक क्याम्पस प्रमुख हरि तिमिल्सेनाले विद्यार्थीको कामको प्रशंसा गरे । कार्यक्रम सहायक क्याम्पस प्रमुख डम्बर पुनको सभापतित्वमा भएको थियो ।