नेपालगञ्ज १९ पुस – नेपाल बैंक लिमिटेडमा कार्यरत पूर्व कर्मचारीहरु संगठित भएका छन् । उक्त बैंकमा सेवा गरेका पूर्व कर्मचारीको प्रदेश नं. ५, कर्णाली र सुदूरपश्चिम प्रदेशस्तरीय भेला बाँके शनिवार सम्पन्न भयो । उक्त भेलाले तेजबहादुर थापाको नेतृत्वमा नेपाल बैंक पूर्व कर्मचारी कल्याण समाज गठन गरेको छ ।
उक्त समितिको उपाध्यक्षमा गोविन्द प्रसाद श्रेष्ठ, सचिव राजन कर्माचार्य, कोषाध्यक्षमा रमेश कुमार नाग रहेका छन् । सदस्यमा क्रमश : सुरेश कुमार श्रेष्ठ, चन्द्रकान्त पाण्डेय, रामप्रसाद पोख्रेल रहेका छन् । महिला समेत अन्य चार जनालाई मनोनित गरिने छ ।
उक्त भेलाले संरक्षकमा केशव प्रसाद पथीक र सल्लाहकारमा गजेन्द्रमान पति,रामप्रशाद चौधरी, मदन बहादुर केसी, केशब बहादुर भण्डारी, भुपाल गिरी, उत्तम सिंह नेपाली, अरुण कुमार शर्मा, र मनोज श्रेष्ठ रहेका छन् । त्यस्तै विधान मस्यौदा समितिमा ऋषिराम भण्डारी, कृष्ण कुमार श्रेष्ठ, केशव न्यौपाने, शान्तीराज रेग्मी र राजकुमार तिवारी छन् ।