तपाईको ब्यक्तित्वका लागि रोयल इन्फिल्डको कुन बाइक उपयुक्त ? आफै थाहा पाउनुस्


यदि तपाई रोयल इन्फिल्ड बाइक खरिद गर्ने सोचमा हुनुहुन्छ भने, खरिद गर्नुभन्दा पहिला आफूलाई कुन इन्फिल्ड सुहाउँछ त्यसको जानकारी हुनु पर्छ ।

कम्पनीले फरक फरक क्षमताका धेरै रोयल इन्फिल्ड बाइक लन्च गरिसकेको छ । कम्पनीको करिब ९ प्रकारको बाइक हाल बजारमा उपलब्ध रहेको छ । आफ्नो ब्यक्तित्व अनुसारको रोयल इन्फिल्ड बाइक छान्नु चुनौतीको विषय हो ।

रोयल इन्फिल्ड क्लासिक
यदि तपाई सिटी राइडर हुनुहुन्छ र कहिलेकाही लामो दुरीको यात्राको लागि निस्कनु हुन्छ भने रोयल इन्फिल्ड क्लासिक सहरको सडकको लागि निकै उपयुक्त हुन्छ । क्लासिक बुलेटको आधुनकि भर्सन हो । रेट्रो मोडर्न लुक भएको छ यो बाइक । क्लासिक दुई इन्जिन ३५० सीसी र ५०० सीसीमा उपलब्ध रहेको छ ।

रोयल इन्फिल्ड थन्डरबर्ड
क्रुजिङमा सोख राख्ने र लामो दुरीको यात्रा गर्न मन पराउने राइडरको लागि रोयल इन्फिल्डको थन्डरबर्ड निकै उपयुक्त हुन्छ । थन्डरबर्ड पहिलो क्रुजर बाइक हो । थन्डरबर्ड अलि हेभी बाइक हो र पहाडी बाटोमा यात्रा गर्न अलि कठिन हुन्छ । थन्डरबर्ड ३५० सीसी र ५०० सीसी इन्जिनमा उपलब्ध रहेको छ ।

रोयल इन्फिल्ड थन्डरबर्ड एक्स
कलेज जानको लागि र शहरमा ड्राइभिङको लागि थन्डरबर्ड एक्स निकै उपयुक्त बाइक हो । सो बाइकमा फ्याक्ट्री फिटेड ब्ल्याक अलोय ह्विल रहेको छ । थन्डरबर्ड एक्समा सिटी बाइक क्रुजर दुबैको आनन्द लिन सकिन्छ । थन्डरबर्ड एक्स ३५० सीसी र ५०० सीसी इन्जिनमा उपलब्ध रहेको छ ।

रोयल इन्फिल्ड बुलेट
रोयल इन्फिल्ड सिरिजको सो बाइक सबैभन्दा पुरानो बाइक मध्ये एक हो । र यसले आज पनि पुरानो बुलेटको लुक दिन्छ । यसलाई मोडर्न रेट्रो बाइक भनिन्छ । सो बाइक शहरी सडकको लागि उपयुक्त मानिन्छ । सो बाइक ३५० सीसी र ५०० सीसी इन्जिनमा उपलब्ध रहेको छ । शोरुममा पनि सो बाइक सबैभन्दा बढी बिक्री हुने बाइक हो र यो बाइक सबैभन्दा सस्तो पनि हो । सो बाइक शहरको लागि मात्र उपयुक्त मानिन्छ ।

रोयल इन्फिल्ड हिमालयन
एड्भेन्चरमा सोख राख्ने राइडरको लागि रोयल इन्फिल्डको हिमालयन निकै उपयुक्त मानिन्छ । हालै इन्फिल्डले हिमालयनमा केही परिवर्तन गरी लन्च गरेको थियो । हिमालयन सबैभन्दा सस्तो एड्भेन्चर बाइक हो । सो बाइकमा ४११ सीसीको इन्जिन जडान गरिएको छ जसले २३ बीएचपीको पावर दिन्छ । यसको ग्राउन्ड क्लियरेन्स २२० एमएम रहेको छ । यसमा लगेजको लागि अलग सुविधाको पनि व्यवस्था गरिएको छ ।

रोयल इन्फिल्ड बुलेट ट्रायल्स
यो बाइक भारतमा सस्तो स्क्र्याम्बल थिम भएको बाइक हो । रोयल इन्फिल्ड बुलेट ट्रायल्स हालै लन्च गरिएको थियो । सो बाइकमा ३५० सीसी र ५०० सीसीको इन्जिन समावेश गरिएको छ । दुबै इन्जिनको पावर र मेकानिकल क्षमता एउटै रहेको छ । एड्भेन्चरको लागि सोख राख्ने राइडरको लागि सो बाइक निकै लोकप्रिय रहेको छ । यसमा सामान राख्नको लागि पनि ठूलो ¥याक जडान गरिएको छ ।

रोयल इन्फिल्ड इन्टरसेप्टर
रोयल इन्फिल्डको इन्टरसेप्टर ट्विन सिलिन्डर भएको बाइक हो । यसलाई अल राउन्डर बाइक पनि भनिन्छ । इन्टरसेप्टर ६५० इन्फिल्डको नेक्स्ट जेनेरेशन बाइक हो । जसमा ६४८ सीसीको प्यारेलल ट्विन इन्जिन जडान गरिएको छ । जसले ७४ बीएचपीको पावर र ५२ एनएमको टर्क जेनेरेट गर्छ । लामो दुरीको यात्राको लागि सो बाइक निकै लोकप्रिय रहेको छ । यसमा विशेष स्लिपर क्लच पनि समावेश गरिएको छ ।

रोयल इन्फिल्ड कन्टिनेन्टल जीटी ६५०
रेट्रो लुक भएको स्टाइलिस क्याफे रेसर बाइकको लागि कन्टिनेन्टल जीटी ६५० राम्रो विकल्प रहेको छ । सो बाइकमा ६५० सीसीको इन्जिन समावेश गरिएको छ । जसले ट्विन जस्तै पावर जेनेरेट गर्छ । स्पोर्टी राइडर्सको लागि कन्टिनेन्टल जीटी ६५० राम्रो विकल्प रहेको छ ।

रोयल इन्फिल्ड कस्टमाइज्ड
भीडभाडबाट अलग देख्नको लागि रोयल इन्फिल्ड कस्टमाइज्ड उपयुक्त रहेको छ । कम्पनीले पनि कस्टम ग्यारेजबाट टाइ अप गरेको छ । कम्पनीले मो पोवा र लक स्टक जस्तै विशेष फ्याक्ट्री कस्टम बाइक निर्माण गरेको छ । यसको साथै यसमा अन्य एसेसरिज पनि जडान गर्न सकिन्छ ।

रोयल इन्फिल्ड कास्ट आइरन
भिन्टेज लुक मनपराउने राइडरको लागि पुरानो कास्ट आइरन इन्फिल्ड उपयुक्त रहेको छ । हाल सो बाइक बजारमा उपलब्ध छैन ।

प्रकाशित मितिः     २३ पुष २०७६, बुधबार ०८:०६  |