नेपाल राष्ट्र बैंकले २७ जना उपनिर्देशकको बढुवा गरेको छ । राष्ट्र बैंकले जारी गरेको सूचनामा उक्त कुरा उल्लेख छ । नेपाल राष्ट्र बैंक, कर्मचारी सेवा विनियमावली २०६८ तेस्रो संशोधन समेतको विनियन ५३ अनुसार बढुवा गरिएको हो । योग्यता पुगेकाहरुमध्येबाट बढी अंक प्राप्त गर्ने कर्मचारीका आधारमा बढुवा गरिएको जनाइएको छ । बढुवा हुनेहरुको नाम यस प्रकार रहेको छ ।
