नेपालगञ्ज २६ पुस – नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि अब्दुल वाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानलले आज शनिवार ११ बजे उम्मेदवारी दर्ता गर्ने भएको छ । बिहान ११ बजे उक्त प्यानलको सचिवालय न्यूरोडबाट उम्मेदवारी दर्ता कार्यक्रम रहेको निर्वाचन परिचालन समितिका संयोजक ईश्वर प्रसाद पोख्रेलले बताए ।
उक्त प्यानलबाट अध्यक्षमा चुन्ना, उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल उम्मेदवार रहेका छन् । सदस्यमा टंक धामी,अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट रहेका छन् ।