सनराइज बैंकले ल्यायो बचतजस्तै सुविधा भएको नयाँ मुद्दति खाता


काठमाडौं। सन्राइज बैंकले रिकरिङ्ग खाता संचालनमा ल्याएको छ। बचत खातामा जस्तै गरी यसमा रकम जम्मा गर्न सकिन्छ। व्याज मुद्दति खाता सरह पाइने छ।
आवश्यकता अनुसार १ देखि ५ वर्षका लागि बचत गर्न सकिने योजनामा दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गर्दै जान सकिने विज्ञप्तिमा उल्लेख छ।

खाता खोल्दा न्युनतम बचत एक हजार रुपैयाँ र त्यसपछि एक पटकमा न्युनतम ५०० वा ५०० को गुणा का दरले जम्मा गर्दै जान सकिने छ।

क्ष्उचबमष्क्ब्ल्क्ष्ःब् लभधच्ष्ममष्कष्ममष् ऋझभलत
बचत खाताको पैसा नियमित रुपमा मुद्दति खातामा जम्मा हुँदै जानेछ। मोवाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गबाट पनि पैसा जम्मा गर्न सकिने बैंकले जनाएको छ।

खातामा पूर्व निर्धारितभन्दा बढी रकम ग्राहकको अनुकुलता अनुुसार पटक पटक गरि जम्मा गर्न सकिने छ। ब्याज त्रैमासिक रुपमा प्राप्त हुने छ। ब्याज आवश्यक पर्दा खातामा जम्मा भएको रकमको ९० प्रतिशतसम्म कर्जा लिन पाइने छ।

खातामा फ्लोटिङ्ग व्याजदर लागु गरिएको छ जसले गर्दा बजारको उतार चढाव अनुसारको व्याज दर निर्धारण गर्न मद्दत पुग्दछ। उतार चढाव हुदाँ पनि व्याज प्राप्त हुनेछ। हाल बैंकले मुद्दति खातामा ९।२५ प्रतिशतमा थप आधा प्रतिशत व्याज प्रदान गर्दै आएको छ।

प्रकाशित मितिः     1:40:15 PM  |