नेपालगञ्ज – मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा बाँकेले प्रधानमन्त्री केपी शर्मा ओलीसंग कालापानी प्रकरणमा स्वेत पत्र जारी गर्न आग्रह गरेको छ । मंगलवार जिल्ला प्रशासन कार्यालय बाँके मार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्रीसंंग यस्तो आग्रह गरिएको हो ।
समाजको अध्यक्ष कृष्णादेवी पाण्डे नेतृत्वको टोलीले जिल्ला प्रशासन मार्फत ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा कालापानीको विवाद विषयमा प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीसंग कुटनीति संवाद मार्फत समाधान खोज्नुपर्ने औल्याइएको छ । कालपानी विवादका विषयमा समाजले बिभिन्न दवावमुलक कार्यक्रम गर्दै आएको आजीवन सदस्य घनश्याम कुमार बैश्यले जानकारी दिए ।
उनका अनुसार, समाजले कब्जा गरिएका भूमि फिर्ता गर्न शान्तिपूर्ण तरिकाले कुटनीतिक पहल चाल्नुपर्नेमा जोड दिइएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रम अधिवक्ता बलबहादुर चन्द, बिश्वजित तिवारी, पवनकुमार गुप्ता लगायत अधिवक्ता र नागरिक समाजका अगुवाहरु सहभागि थिए ।