बाँकेमा बैंकिंङ कसुरका ६ मुद्दा


बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले पहिलेको भन्दा यस वर्ष संख्यात्मक रूपमा मुद्दा धेरै दर्ता भएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । जसमध्ये प्रहरीमा दर्ता भएका मुद्धामध्य सबैभन्दा बढि लागु औषधका २ सय ४९ रहेछन ।

मुद्दा दर्ता हुनमा नागरिक सचेतनाका कारण प्रहरी समक्ष आउन थालेको प्रहरीले दावी गरेको छ ।प्रहरी कार्यालय बाँकेमा आयोजित पत्रकार सम्मेलनमा यस अर्धबार्षिक समिक्षामा पाँच वर्षिय अपराध तालिका सार्वजनिक गर्दै प्रहरीले मुद्धा दर्ता गर्ने क्रम बढेको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक विरबहादुर वलीले आम नागरीकमा प्रहरी प्रतिको विश्वास बढेको बतउनु भयो । उहाँले पहिले प्रहरी समक्ष आउन हिच्किचाउने नागरिक आज न्याय प्राप्तीका लागि सहजै प्रहरी कार्यालय आउन थालेकाले मुद्धा दर्ता गर्ने क्रम बढेको बताउनु भयो ।

विगतका पाँच वर्षभन्दा ११ प्रतिशतले अपराधिक गतिविधि बढेको देखाएको छ । प्रहरीले आर्थिक वर्ष २०७१ देखी २०७५ सम्म विभिन्न ६१ वटा शिर्षकमा दर्ता भएका अपराधको तालिका सार्वजनिक गरिएको थियो । सार्वजनिक तालिका अनुसार ०७०र७१ मा ७३८, ०७१र७२ मा ७३५, ०७२र७३ मा ८५५, ०७३र७४ मा १०२१ र ०७४र७५ मा ११५६ वटा मुद्दा दर्ता भएका छन ।

प्रहरीमा भएका मुद्धामध्य सबैभन्दा बढि लागु औषधमा २ सय ४९, सार्वजनिक शान्ति विरुद्धको कसुरमा १ सय ४९ र बैंकिङ कसुरमा १ सय २२ जना रहेका छन ।

त्यसैगरी चालु आर्थिक वर्षको पुष मसान्तसम्म ६२३ मुद्दा दर्ता भएकोमा ५ सय ६९ मुद्धा फर्स्यौट भएको र बाँकी ५४ वटा मुद्धा अनुसन्धानको क्रममा रहेको बाँकेका प्रमुख प्रहरी उपरिक्षक वलीले जानकारी दिनु भयो । वलीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा विभिन्न मुद्धामा ८०६ जना पक्राउ परेका छन ।

यस अवधिमा ज्यान मार्ने उद्योग अन्तर्गत १८, कर्तब्य ज्यान मुद्धामा ६, लागु औषध मुद्धामा १ सय ८, जवरजस्ती करणीमा २७, जवरजस्ती करणी उद्योगमा ७, बैंकिंङ कसुरमा ६ र हातहतीयार खजानामा ४ जना बिरुद्ध मुद्धा दर्ता गरीएको छ ।

त्यसैगरी आर्थिक वर्ष ०७६र०७७ को पौष महिनासम्म १२ हजार ६ सय ५० सवारी साधन कारवाहीमा परेका छन । कारवाहीमा परेका सवारी साधन तथा सवारी धनीबाट यस अवधिमा ६९ लाख ९ हजार राजश्व संकलन गरीएको प्रहरी प्रमुख वलीले जानकारी दिए । गत वर्ष ३० हजार ५ सय ६२ सवारी साधनबाट १ करोड ६७ लाख ७८ हजार पाँच सय राजश्व संकलन भएको थियो ।

प्रकाशित मितिः     ३ माघ २०७६, शुक्रबार १९:५३  |