भिमबहादुर रानाभाट – व्यवसायसंगै खेलक्षेत्रमा सक्रिय


भिम बहादुर रानाभाट २०५० सालदेखि व्यवसायीक क्षेत्रमा निरन्तर सक्रिय व्यक्तित्व हुनुहुन्छ । कालिका इम्पोरियम घरवारीटोलका सन्चालक रानाभाट उद्योगी, व्यवसायी माझ परिचित नाम हो ।

उद्योग, व्यवसायसंगै साहित्य, खेल र सामाजिक क्षेत्रमा रुची राख्ने रानाभाट भेरी साहित्य समाजका साहित्यकार,लायन्स ब्लड बैंकको संस्थापक सदस्य, लायन्स क्लव न्यूरोडको संस्थापक सदस्य तथा पुर्व अध्यक्ष लायन्स क्लव डिष्ट्रिक ३२५ बि टु नेपालको जोन चियर पर्सन भई सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।

उहाँ जुमा स्पोर्टसका संस्थापक अध्यक्ष र तयारी कपडा ब्याग, जुक्ता चप्पल तथा खुद्रा व्यवसायी संघ नेपाल बाँकेको संस्थापक अध्यक्ष, नेपाल क्षयरोग निवारण संघको आजिवन सदस्य रहिसक्नुभएको छ ।

नेपाल राष्ट्रिय वाणिज्य संघका नगर अध्यक्ष समेत रहनुभएका भीम रानाभाटले जुमा स्पोर्टस क्लव मार्फत नेपालगन्जको खेलक्षेत्रलाई सशक्त मनाउन र उद्योगी, व्यवसायीलाई शारीरिक अभ्यासमा संलग्न गराउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।

प्रकाशित मितिः     ६ माघ २०७६, सोमबार ०६:५९  |