मन्दिरा पाण्डे – सशक्त महिला व्यवसायी


उद्यमक्षेत्रमा महिलाको सहभागिता न्यून रहेका बेला मन्दिरा पाण्डे जस्ता उद्यमीहरु नेतृत्वदायी भूमिकामा आउनु हाम्रो समाजका लागि प्रेरणादायी कुरा हो । कयौं सामाजिक चुनौतीलाई छिचोल्दै पाण्डे उद्यम, व्यवसायका क्षेत्रमा मात्र नभई लायन्स क्लव बागेश्वरीको अध्यक्ष भई सामाजिक कार्यमा समेत निरन्तर अगाडी आउनुभएको छ ।

मिलनसार स्वभाव, सबैको प्रिय, दुःखमा नआत्तिने, सुःखमा नमात्तिने स्वभावकी पाण्डे पूर्व राष्ट्रिय खेलाडी समेत हुनुहुन्छ । २०५० सालदेखि व्यवसायीक क्षेत्रमा रहनुभएका पाण्डे त्रिवेणी पुस्तक सदनको सन्चालक पाण्डे नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ बाँकेमा रहेर सशक्त भूमिका निर्वाह गरिसक्नुभएको छ । अहिले बरिष्ठ उपाध्यक्ष पदमा रहनुभई उद्योग, व्यवसायीका क्षेत्रमा क्रियाशिल मन्दिरा पाण्डे उदयमान महिना नेतृका रुपमा स्थापित हुनुहुन्छ ।

प्रकाशित मितिः     ६ माघ २०७६, सोमबार ०७:०७  |