नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ को बाईपासरोडदेखि तेजनगर जोड्ने सडक कालोपत्रेको काम सुरु भएको छ ।
सडकको मंगलबार वडा अध्यक्ष दीपक वर्माले शिलान्यास गर्नुभयो । वडा अध्यक्ष वर्माको पहल र अग्रसरतामा तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत संघीय सरकारले ५० लाख रुपिया वजेट विनियोजन गरेको हो ।
उपमहानगरपालिकाले समेत ५ लाख रुपिया वजेट विनियोजन गरेको छ । करिब अढाईसमय मिटर सडक नाली सहित कालोपत्रे हुने वडा अध्यक्ष वर्माले बताउनुभयो । सडक कालोपत्रे हुने भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् ।