नेपालगन्ज १३ माघ – नेपालगन्ज उद्योग वाणिज्य संघको गत शनिवार भएको निर्वाचनमा प्रतिस्पर्धीले अनावश्यक विवादमा मुछ्न खोजे पनि चिरञ्जीवी ओलीलाई मतदाताले अत्याधिक मतले बिजयी बनाएका छन् । ओेलीले १५ सय ४ मत ल्याए । सबैभन्दा बढि मत ल्याउनेमा भने हरिलाल न्यौपाने देखिए । उनले १५ सय ४५ मत ल्याए ।
मतदाता परिचयपत्रको प्राविधिक विषय उठाएर निर्वाचन प्रचार, प्रसारका क्रममा प्रतिस्पर्धी ओली विरुद्ध जाइलागेका थिए । प्रेस बिज्ञप्तीमा नामै किटेर आरोप लगाउँदा विवादित काम नगर्ने स्वभावका ओली मात्र होइन सबै व्यवसायीको मन खिन्न भएको थियो ।
आफन्तले ल्याईदिन भने पछि र नेपालगन्ज उद्योग वाणिज्य संघको सचिवालयले स्वीकृती दिएपछि ओलीले केही परिचलय पत्र हस्ताक्षर ल्याइदिएको विषयमा पत्रकार सम्मेलनमै ओली बिरुद्ध परिचपय पत्र कब्जा गरेको भन्दै आरोप प्रत्यारोप गरिएको थियो । ओलीले त्यसबेला सहकर्मी प्रतिस्पर्धीबाटै भएको त्यस्तो कार्यले दुःखी बनाएको थियो ।
यतिबेला भने मतदाताले ओलीलाई अत्याधिक मतले बिजयी बनाए । उनले पुराना कुरालाई आफुले बिर्सिएको बताए । उनले पुराना कुरालाई बिर्सिएर सबैलाई एक बनाएर अगाडी लैजाने स्पष्ट पारे ।
असल शासनको अभियानता, पत्रकारिता हुँदै ‘टे«ड बिजनेश’ मा सफल रहनुभएका युवा व्यवसायी हुन । असल शासनको अभियानताका हुँदै ओलीले २०६० सालपछि रेडियो भेरी आवाजबाट सक्रिय पत्रकारिता सुरु गरे । उनले चलाएको रेडियो बहस र सामाजिक उत्थानका कार्यक्रम उत्कृष्ट मानिन्थ्यो भने त्यसक्रममा थुप्रै स्रोता पनि कमाएका थिए ।
२०६६ सालपछि उनी व्यवसायीक क्षेत्रमा अग्रसर भए । इलेक्ट्रोनिक्स व्यवसायका क्षेत्रमा अब्बल ओली ओली टे«ड लिंकका प्रोपराईटर छन् । ओलीले लगनशिल र इमानदार भएर आफ्नो पेशा व्यवसाय गर्दै आएका छन् ।
ओली व्यवसायी क्षेत्रमा यस्ता युवा नेताका रुपमा स्थापित हुनुहुन्छ जो निडर भएर व्यवसायीका पक्षमा जहाँ पनि बोल्ने सार्मथ्य राख्छन । नेपालगञ्ज इलेक्ट्रोनिक्स एशोसिएसनको संस्थापक महासचिव हुँदै अहिले अध्यक्ष छन् । भर्खरै स्थापना भएको उक्त एशोसिएसनलाई स्थापित गर्न उनले नेतृत्वदायी भूमिका निभाउँदै आएका छन् । संघमा उनको उपस्थितीले अझ महत्व राख्ने छ ।