बाँकेको करमोहना गाउँबासीले सरकारी निर्णयको बिरोध गर्दै सोमबार प्रदर्शन गरेका छन् । करमोहना गुठी रैतान जग्गा संघर्ष समितिको अगुवाईमा करमोहनाह गाउँबाट गाउँबासी तथा स्थानीय सहभागि भई निस्किएको ¥यालीले नेपालगञ्जको बिभिन्न भागको परिक्रममा गर्दै सरकारी निर्णय बिरुद्ध प्रदर्शन गरेको हो ।
बाँकेको जानकी गाउँपालिका वडा नं.–३ कर्माेहनाका स्थानीयहरुले आफुहरुले भोगचलन गरिरहेको जग्गा बागेश्वरी मन्दिर गुठीको नभई करमोहना गुठी रैतानी जग्गा भएको दावी गर्दै आएका छन् ।
करमोहना बासीसँग भएको प्रमाणहरुमा कतैपनि बागेश्वरी गुठी उल्लेख नभएको र डेढ सय वर्षदेखि नै करमोहना गुठीमार्फत बागेश्वरी मन्दिर सञ्चालनका लागि तिरो तिर्दै आएको आधारमा व्यक्तिको नामको जग्गा फिर्ता गर्ने सरकारी निर्णयबिरुद्ध यहाँका बासी आन्दोलित भएका हुन ।
भएको लालपुर्जामा वागेश्वरी गुठीको नाम नभएका जग्गाहरुलाई पुनःवागेश्वरी गुठीका नाममा दर्ता गराउने सकारको निर्णयले जनतामाथि अन्याय भएको करमोहना गुठीका प्रवक्ता सन्त कुमार बर्माले बताउनुभयो । सरकारद्वारा गठित जाँचबुझ आयोगले अपुरो प्रतिवेदन पेश गरेको पिडितहरुको भनाई छ ।
वि.स.–१९३३ को सरकारी प्रमाणदेखि नै सर्वसाधारणका नाममा रहेको जग्गा एकाएक बागेश्वरी गुठीको भन्दै जनतालाई आतंकित पार्ने गरि गरिएको आयोगको सिफारिस र मन्त्री परिषदको निर्णय फिर्ता गर्नुपर्ने आन्दोलितहरुको माग छ ।
सरकाबिरुद्ध नाराबाजी गरेका कर्माेहनाबासीले सरकारले निर्णय नसच्याउँदासम्म आफूहरुको आन्दोलन जारी रहने जनाएका छन् । करमोहना गुठीले यसअघि नेपाली कांग्रेस, नेपाल कम्य्रनिष्ट पार्टी (नेकपा) लगायतका पार्टीका सभापति तथा नेताहरुलाई ध्यानाकर्षण पत्र बुझाईसकेको छ ।