नेपालगन्ज ७ फागुन – समुदायमा रहेका नयाँ पुस्तालाई हरित अभियानका बारेमा जानकारी दिन थालिएको छ । बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रका युवाहरुलाई प्रशिक्षण सहित हरित अभियानका बारेमा जानकारी दिन लागिएको हो । यसै अभियान अन्र्तगत तराई भूपरिधि कार्यक्रमको सहयोग र बाँके निकुञ्जको आयोजनामा युवाहरुलाई दुई प्रशिक्षण शुरु गरिएको छ । सामुदायमा आधारित चोरी, सिकार नियन्त्रण युवा जागरणका सदस्यहरु सहभागि छन् ।