बाँके ९ फाल्गुन – खजुरा गाउँपालिकामा बिशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर संचालनले ज्येष्ठ नागरिकलाई खुसी बनाएको छ ।
गत शनिवारबाट वडा नं. १ को राधापुरबाट शुरु भएको अभियान अन्र्तगत शुक्रवार सोनपुरमा स्वास्थ्य शिविर सन्चालन गरिएको छ ।
खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले ज्येष्ठ नागरिकको हेरचाहका लागि अभियान शुरु गरिएको बताए ।
उनले बिगत २ वर्षदेखि नै घरदैलोमै पुगेर जेष्ठ नागरिकलाई सेवा दिने गरेकोमा यो वर्षदेखि यसलाई अझ प्रभावकारी ढंगले संचालन गर्न लागिएको बताए । फागुन ३ गते देखि १० गते सम्म खजुरा गाउँपालिको ८ वटै वडामा जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य शिविर राधापुरबाट शुरु गरेर रनियापुरमा समापन गरिने छ ।
गाउँपालिबाट पाउने जेष्ठ नागरिक भत्ताको प्रमाण ल्याएर आएका जेष्ठ नागरिकहरुलाई शिविरमा ब्लड सुगरको जाँच देखि रक्तचाप र मधुमेहको औषधि दिईने दिइन्छ । उनले शिविरमा मेडिकल डाक्टर २ जना र फिजिसियन डाक्टर १ जना समेत सिङ्गो गाउँपालिकाबाट स्वास्थ्यको टिम शिविरमा खटिएका छन् । यस शिविर लगायत लगातार तेश्रो शिविर सञ्चालन भएको भन्दै यस पटकको शिविर फिजिसियन सम्बन्धिको सुबिधा भएको र आगामी दिनमा आँखाको शिविर सञ्चालन गरिने गरिने छ ।