परिवर्तन समूह ( चेन्ज टिम) ले बिहिवार नेपालगन्जमा लागू औषध प्रयोगकर्ताहरुका लागी बिस्तृत एचआईभी एड्स कार्यक्रम अन्तरगत सरोकारवालाहरु संग समन्वयात्मक बैठक सम्पन्न गरेको छ ।
चेन्ज टिमले आयोजना गरेको कार्यक्रममा चेन्ज टिमले हालका दिन सम्म गरेको कार्य लगायत चेन्ज समुहले गर्ने कार्यको बृस्तृत ब्याख्या गरेको थियो ।
२०६३ सालमा स्थापना भएर लगातार रुपमा एचआईभी एड्स , हेपाटाइटिस र लागू औषध जस्ता इसुमा काम गर्दै आएको समुहले लागू औषध प्रयोगकर्ताहरुका लागि उपचारको वातावरण सृजना गर्दै आएको परिवर्तन समुहकी कार्यक्रम संयोजक इन्द्रा कुमारी जिसिले बताउनु।

कार्यक्रममा जिल्ला प्रहरी बाँकेका प्रा .नि. सुरज खत्री , जनस्वास्थ्यका अंगत बहादुर शाही , धिरजंग शाह , दिपेन्द्र कुमार जोशी , भानु ज्योति ओलि , दुर्गा गौतम लगायतका ब्याक्तित्वहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको सहजीकरण गर्दै कार्यक्रम संयोजक इन्द्रा कुमारी जिसिले चेन्ज टिमले हाल सम्म ३६५ पुरुष र २१ जना महिलालाई उपचार सहयोग गरेको बताएका छन् जसमध्ये ६२ पुरुष र ५ महिला गरि ६७ सेवाग्राहीले नियमित रुपमा औषधि खाइरहेका छन भने ५३ जना उपचार गरि लागू औषध मुक्त जीवन बिताइरहेका बताउनुभयो ।
त्यस्तै ५३ जना जेलमा रहेको र २८ जनाको मृत्यु भएको पनि चेन्ज टिम संगको डटाले बताउने गर्छ । त्यस्तै १४ जना वैदेशिक रोजगारीको सिलसिलामा रहेका छन् भने ३६ जना अन्य पेशामा आवद्ध भएर जीवन बिताइरहेको समुहको तथ्यांकले बताउने गर्छ