सुविसु नेटले कोहलपुरस्थित ग्रीन पिस स्कुलको रजत जयन्तीमा निःशुल्क इन्टरनेट सेवा प्रदान गरेको छ । प्रदेश ५ को कृषि मन्त्री आरती पौडेलको प्रमुख आतिथ्यतामा स्कुलको रजतजयन्ती मनाइएको थियो । सो अवसरमा इन्टरनेट सेवा प्रदान गरेको भन्दै सुविसुका मार्केटिङ्ग हेड किरण तिमिल्सेनाले बताए । स्कुलका तर्फका सुविसुका कर्मचारीलाई मायाको चिनो प्रदान गरिएको थियो ।