परिक्षामा कसरी राम्रो गर्ने ? विद्यार्थीलाई यसरी सिकाए सांसद अथकले


नेताहरु प्राय भाषण गर्छन । तर बाँके क्षेत्र नं. १ का संघीय साँसद महेश्वर गहतराज अथकले एसई परिक्षा दिने बिद्यार्थीहरुका सामु भाषण गर्नुभएन । परिक्षा कसरी दिने र भविष्यमा के बन्ने भन्ने बिषयमा मोटिभेशन कक्षा दिनुभषे ।

आगामी चैत्रमा हुन गइरहेको एसइ परिक्षा लाई मध्यनजर गर्दै बिद्यार्थीहरु अनुशासित भई अध्ययनमा अझै मेहनत गरुन भन्ने उद्देश्यले उक्त कक्षा दिइएको हो । आफुले हालेको बजेटबाट कोहलपुर १ कौशिलालगरमा रहेको जनज्ञान ज्योति माबि बिद्यालयको पर्खाल निर्माणको शिलान्यास कार्यक्रममा जानुभएका साँसद अथकले बिद्यार्थी हरुलाइ अनुशासित, लगनशिल, अध्ययनशिल भई उत्कृष्ट नम्बर ल्याउन उत्प्रेरक भनाइ राख्नु भएको थियो ।

उहाले गरिब किसानका छोराछोरी भएकाले राम्रो अँक ल्याउन सके जुनसुकै बिषय पनि निशुल्क पढ्न पाउने जानकारी गराउनु भयो । कलास दिनेक्रंममा साँसद अथकले हाम्रो देशका ठुला नेता देखी ठुला ठुला सरकारी अफिसरहरु सरकारी बिद्यालय बाट पढेका र किसान कै छोराछोरी भएको उल्लेख गर्दै ठुलै अफिसर बनी बिद्यालय र आमाबुवाको नाम चलाउन आग्रह गर्न भएको थियो ।

साँसद अथकले आफ्नो भनाइ राखीरहदा बिद्यार्थीहरु बडा चासोका साथ सुनिरहेका थिए । आफु निर्बाचन क्षेत्रमा आएको बेलामा बजार क्षेत्रमा रहेका बिद्यालयमा गई कलास दिने साँसद अथकले जनाउनुभयो ।

प्रकाशित मितिः     १९ फाल्गुन २०७६, सोमबार १९:०३  |