‘डिजिटल नेपाल निर्माणको अभियानमा सरकारसंग हातेमालो गरिरहेका छौं’


नारायण थापा
महासचिव
क्यान महासंघ, नेपाल

सूचना प्रविधिको गतिविधि पहिला काठमाण्डौमा मात्र केन्द्रीत थियो । समयक्रमको विकाससंगै यतिबेला मोफसलम समेत यस्ता गतिविधिहरुले तिव्रता पाएका छन् । क्यान महासंघले शहरदेखि गाउँसम्म सूचना प्रविधिको विकास लैजाने गरी योजना बनाएर कार्यान्वयन गरिरहेको छ । डिजिटल नेपाल निर्माणको अभियानमा सरकारसंग हामीले हातेमालो गरिरहेका छौं ।

मोफसलमा पनि शहर र गाउँमा सूचना प्रविधिको प्रयोग र विकासमा भिन्नता पाईन्छ । शहरमा अलि बढि तर गाउँमा सिमित छ । अब गाउँमा समेत यस्ता गतिविधि बढाउन आवश्यकता महसुस भएको छ । त्यसका लागि सूचना प्रविधि साक्षरताको अभियान सुरु गर्न सकिन्छ । सबैले सूचना प्रविधिका बारेमा जानकारी लिन सकुन भनेरै क्यान महासघले हरेक प्रदेशमा यसरी क्यान इन्फोटेक आयोजना गरिरहेको छ ।

प्रकाशित मितिः     २० फाल्गुन २०७६, मंगलवार ०७:३९  |