सन्चारक्षेत्रमा ठुलो परिवर्तन आईसकेको छ


जितेन्द्र जोशी
पूर्व अध्यक्ष
क्यान महासंघ बाँके
सूचना प्रविधिले यसरी फड्को मारिरहेको छ की कसैले पत्तो नै पाउन सकेका छैनन् । हरेक दिन सूचना प्रविधिका क्षेत्रमा नयाँ घटनाक्रम भईरहेका छन् । कतिलाई त यसको भ्येउ समेत हुँदैन । यसको भुक्तभोगी स्वयं हुँ । नेपालगन्जमा इन्टरनेट भित्रा्उने काम गरेका थियौ । पिसिओ सन्चालन गर्ने क्रममा े १५ वर्ष अगाडी मर्केनटायलबाट मेडियम सिस्टमको डायल अप इन्टरनेट सेवा सुरु गरेका थियौ । इन्टरनेट भनेकै के हो भन्ने धेरैलाई परेका बेला ल्याएको इन्टरनेट सुविधा आम नागरिकले कमै प्रयोग गर्थे ।

त्यसका प्रयोग गर्दा सरकारी तथा गैरसरकारी निकाय हुन्थे । धेरै पैसा पर्ने भएका कारण सबैको पहुंचमा थिएन, यो । त्यसबेला इन्टरनेटबाट कुराकानी गर्नेको संख्या सम्झना अहिले अचम्ममा पर्छु । इन्टरनेटको पहुँच नभएका कारण त्यस्तो भिड लाग्थ्यो । तर अहिले हातहातमा त्यसको पहुच पुगेको छ । डायलप देखि फाईबर इन्टरनेटको जमानामा आईपुग्दा सन्चारक्षेत्रमा ठुलो परिवर्तन आईसकेको छ । अझै सूचना प्रविधिका क्षेत्रमा अनेकौ परिवर्तन भईरहेका छन् ।

प्रकाशित मितिः     २० फाल्गुन २०७६, मंगलवार ०८:०३  |