सूचना प्रविधिको कम्प्युटर शिक्षाको महत्व बेग्लै छ


सुर्य प्रकाश श्रेष्ठ
पूर्व अध्यक्ष,

सूचना प्रविधि अन्तर्गत पर्ने कम्प्यूटर शिक्षा एक अपरिहार्य शिक्षा भैसकेको छ जस बिना द्रुत गतिको विकास असम्भवप्रायः छ । आजको युगमा सबैले यस प्रविधिको प्रयोग गरिरहेका छन् तर वास्तविकता भने अधिकांशलाई थाहा हुन सकेको छैन । कम्प्यूटर भन्ना साथ धेरैले कार्यालय वा घरमा प्रयोग हुने डेस्कटप वा ल्यापटपलाई बुझ्ने गरेका छन् ।

तर कम्प्यूटरलाई धेरै रुपमा हेर्न सकिन्छ र यसको प्रयोग व्यापक छ । हामीहरुले प्रयोग गर्ने मोबाईल, क्यालकुलेटर आदि पनि कम्प्यूटरको रुप हो जसले हाम्रो जिवनलाई सहज बनाई रहेका छन् । अधिकांशले प्रयोग गर्ने मोबाइल त यसको मामिलामा धेरै अगाडि छ । तर, यसको प्रयोग जुन प्रयोजनको लागि हुनु पर्ने हो त्यो  भैरहेको छैन ।

प्रकाशित मितिः     २० फाल्गुन २०७६, मंगलवार ०८:१०  |