बाँके निकुञ्जमा संयुक्त गस्ति अभियान


नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्जमा संयुक्त गस्ति अभियान शुरु गरिएको छ । सामुदायमा आधारित गस्ति अभियानले निकुञ्ज संरक्षण, जनावरको बासस्थान संरक्षण मात्र नभई निकुञ्ज र स्थानीयबीच बेलाबखत प्रकट हुने समस्या समाधान पहिल्याउन पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

बाँके निकुञ्ज, नेपाली सेनाको श्रीमेहर गण र सामुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा सञ्जालले संयुक्तरुपमा गस्ति शुरु गरेका छन् । यसले निकुञ्ज र सेनालाई संरक्षण अभियानमा सहायता गर्नेछ ।

बाँके निकुञ्ज देशकै सबैभन्दा कान्छो निकुञ्जका रुपमा रहेको छ । बाघ संरक्षण अभियानका लागि स्थापना गरेको निकुञ्जले पर्यटक तान्दै छ भने संरक्षण अभियानमा ठूलो योगदान दिएको छ ।

प्रकाशित मितिः     २० फाल्गुन २०७६, मंगलवार १५:१०  |