स्वास्थ्य सामाग्रीको अभाव सिर्जना हुन नदिन नेपालगन्ज उद्योग वाणिज्य संघको अपील


नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले कोरोना भाइरस जस्तो अति संवेदशिल संक्रमणबाट जोगिनका लागि निम्नानुसारको सजगता अपनाउनु हुनसम्पूर्ण उद्योगी, व्यवसायी एवं बाँकेबासी दाजुभाई दिदी बहिनीहरुमा अपील गरेको छ ।

बिश्वभर फैलिएको कोरोना भाइरस को सम्भावित संक्रमणको जोखिम कम गर्नको लागि संघीय र प्रदेश नं. ५ सरकारले ठूलो भिडभाडयुक्त जनसमूहमा सहभागी नहुन, स्वास्थ्य आचरण अबलम्बन गर्न र होली जस्ता पर्व जथाभावी भिडभाडमा नखेल्न अनुरोध गरिरहेको अवस्थामा संघले यस्तो अपील गरेको हो ।

संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले सार्वजनिकरुपमा अपील गर्दै कोरोना भाइरसको सम्भावित जोखिमप्रति सचेत र सजग बन्न आग्रह गरे ।
साथै यस पिरिस्थीतीमा मास्क जस्ता स्वास्थ्य सामाग्रीको उपलब्धतामा कुनै पनि प्रकारको अभाव सिर्जना हुन नदिन व्यवसायी एव सरकारसंग आग्रह गरिएको छ ।

प्रकाशित मितिः     २२ फाल्गुन २०७६, बिहीबार १८:२२  |