नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा कक्षा ८ को आधारभूत तहको परीक्षा फागुन २९ गतेबाट शुरु हुने भएको छ । कक्षा ८ को मात्र नभई अन्य कक्षाको वार्षिक कक्षाको परीक्षा पनि फागुन २९ गतेबाटै शुरु हुन लागेको हो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणा लागयत शिक्षासंग सम्बन्धित अगुवासंगको छलफलले आधारभुत तहको परीक्षाका बारेमा निर्णय लिएको प्याब्सन नगर सदस्य हेमन्तराज काफ्लेले बताए । परिक्षा बिहान आठ बजेबाट शुरु हुने छ ।