बैजनाथमा कान शिविर आयोजना


बैजनाथ गाउँपालिका वडा नं. १मा कान शिविर सम्पन्न भएको छ । चिसापानी स्वास्थ्य चौकीको आयोजनामा भएको शिविरमा १ सय ३९ जनाले कान जाँच गराएका छन् । जस मध्ये १८ जनाको अप्रेसन गर्नु पर्ने, ९ जनालाई मेसिन प्रयोग गर्नु पर्ने देखिएको चौकीका प्रमुख प्रेम शाहले जानकारी दिए । व्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा कानका विरामीलाई निशुल्क औषधी प्रदान गरिएको थियो । शिविर सञ्चालनका लागी रेरि, पश्चिमाञ्चल पोल्ट्री फम, क्रेटिभ स्कलर्स लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः     २ चैत्र २०७६, आईतवार २०:०५  |