उद्योग वाणिज्य महासंघको साधारणसभा जेठ ७ र ८ गते हुने


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा एक महिनापछि सरेको छ ।

महासंघका अध्यक्ष भवानी राणाले कोरोना भाइरसको कारण साधारणसभा जेठ ७ र ८ गते काठमाडौंमा गर्ने निर्णय भएको जानकारी दिइन् ।

उनले बिहीबार बसेको कार्यसमिति बैंठकले साधारणसभा सार्ने निर्णय गरेको बताइन ।यसअघि चैत २८ र २९ का लागि साधारणसभा तोकेको थियो ।

प्रकाशित मितिः     ६ चैत्र २०७६, बिहीबार १५:४८  |