कोरोना बिरुद्ध कस्तो छ गुर्भाकोट नगरपालिकाको तयारी ?


सुर्खेतको गुर्भाकोट नगरपालिकाका मेयरको अध्यक्षतामा बिपद ब्यबस्थापन समितिको बैठक बसेर कोरोना भाईरसबाट बच्न पुर्ब तयारीका सम्बन्धमा बिभिन्न निर्णय गरेको छ । जिल्ला बिपद् समितिलाई रु १ लाख दिने,कोरोना हेल्प डेस्क गुर्भाकोट नपाको सिमाना काल्चेमा संचालन गर्ने निर्णय गरेको छ ।
नगरपालिकामा हाल संचालित ४ वटा हात धुने बेसिनको साथै नगरपालिकाको गेट नजिक अर्को हात धुने बेसिन स्थापना गर्ने र १८ स्वास्थ्य संस्था लगाएत नगरपालिकाकामा संचालित अन्य सरकारी कार्यालयहरुमा हात धुने स्थानको स्थापना गर्ने,कोरोनाको बारेमा बजार र गाउँ बस्तिहरुमा माईकिङ्ग गर्ने,आबस्यक कोरोना नियन्त्रण सामग्रीहरु माथिल्लो निकाएमा माग गर्ने उपलब्ध नभए खरिद गर्ने,मेहेलकुना अस्पतालमा आईसोलेसन कक्ष स्थापना गर्ने स्थान अभाब भए खैरेनी स्थित मेहेलकुना सिटी हलमा समेत आईसोलेसनको ब्यबस्था मिलाउने लगाएत विभिन्न निर्णय गरेको छ ।

प्रकाशित मितिः     ७ चैत्र २०७६, शुक्रबार १९:१७  |