नेपालगन्जको चारलेन सडकमा रहेको ग्रीनबेल्टमा लहरै पारेर रुख, बिरुवा लगाइएको छ । कति फुलहरु त ढकमक्क फुल्दै छन्, सडकको शोभा बढाउने गरी । तर कतिपय बिरुवा सानै छन् । त्यसलाई कतैबाट क्षती हुन नदिन ट्रि–गार्ड(बिरुवा छोप्ने सामाग्री) राखिएको छ । त्यस्तो ट्रिगार्ड हावाहुरी र बेवारिसे पशुले फाल्ने गरेका छन् ।
ट्रिगार्ड फाल्दा बिरुवालाई क्षती हुने गरेको छ । माथिको तस्विरमा ढलेको ट्रिगार्ड उठाउँदै छन् नेपालगन्जका मेयर धवल शम्सेर राणा । पत्नि सहित गाडीमा सवार रहेका बेला ट्रिगार्ड ढलेको देखेपछि त्यसलाई उठाउन आफै मेयर कस्सिएको देख्दा अरुलाई पनि शहरको शुन्दरताका लागि निर्माण गरिएको पूर्वाधार व्यवस्थापनमा जुट्ने प्रेरणा मिलेको छ ।