साबुन पानीले हात धुने ब्यवस्था मिलाउँदै वडा अध्यक्ष वर्मा


नेपालगञ्ज, चैत १० । विश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाईरसको संक्रमणबाट वडाबासीलाई बचाउन नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ ले स्वास्थ्य र सरसफाई सचेतना सुरु गरेको छ । वडा अध्यक्ष दिपक वर्माको अगुवाईमा सोमबार वडाका विभिन्न स्थानमा ट्यांकीसहित साबुन पानीले हात धुने ब्यवस्था मिलाइएको छ । वडा अध्यक्ष वर्माको अगुवाईमा सोमबार कारकादौं चोक,सिक्टा अगाडी र भुजईगाउँस्थित बुद्ध चोकमा कोरोना भाईरसबाट जोगिन सचेतनामुलक ब्यानरसहित साबुन पानीले हात धुने ब्यवस्था मिलाइएको हो । वडाबासीको बढि जमघट हुने स्थानमा साबुनपानीको ब्यवस्था गरिएको हो ।

वडा अध्यक्ष वर्माले भिडभाड नगर्न र सेल्फ क्वारेन्टाईमा घरभित्रै बस्न वडाबासीमा आव्हान गर्नुभएको छ । वडा सदस्य दिग्विजय ढुंगानाले वडाबासीको स्वास्थ्यप्रति जनप्रतिनिधीहरु गम्भिर भएको बताउनुभयो । वडा कार्यालयबाट कामकाज बन्द भएपनि आफुहरु वडाबासीमाफ स्वास्थ्य र सरसफाईको सन्देशसहित पुगेको ढुंगानाले बताउनुभयो ।\

वडा अध्यक्ष वर्माका अनुसार वडाभित्रका विपन्न समुदायका लागि सावुन वितरण गरिने भएको छ । यसैगरी वडाबासीलाई मास्क पनि वितरण गरिने भएको छ । वडा कार्यालयले स्वास्थ्य सचेतनाका लागि वडामा माईकिङ सुरु गर्दैछ ।

प्रकाशित मितिः     १० चैत्र २०७६, सोमबार १३:३७  |