नेपाल सरकारको २०७६र१२र१० गतेको निर्णयानुसार चैत्र ११ गते देखि १ हप्ताको लागि औषधि उपचार, खाद्य बस्तु जस्ता अतिआवश्यक कामका बाहेक कुनै व्यक्ति घरबाट बाहिर निस्कन नपाउने निर्देशन भयकोमा गुर्भाकोट नगरपालिका अन्तर्गत सबै स्वास्थ्यकर्मी, फोहोर मैला ब्यवस्थापन टिम, एम्बुलेन्स चालक तथा नगर र वडा स्तरीय कोरोना भाइरस विरुद्ध समन्वय समितीका पदाधिकारीहरु बाहेक अन्य कर्मचारीहरुलाइ आफ्नो शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत सङ सम्पर्कमा रहि आवश्यक परेको बखत तत्काल कार्यालयमा उपस्थित हुने गरि घरमै रहने तर नगर क्षेत्र नछाड्ने गरि ब्यवस्थापन गरियको छ । सम्पुर्ण कर्मचारीहरुले यो सूचनालाई आधारमानी निर्देशन पालना गर्नु होला ।साथै आफ्नो टोल छिमेकमा कोहि ब्यक्ति बाह्य देशबाट भित्रिएको छ भने निजलाई पहिचान गरि नियमित सम्पर्क गरिराख्नु हुन र आफ्नो घरलाई नै सुरक्षित क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सल्लाह दिनु हुन सम्पुर्ण नगरबासी मा सूचित गरिन्छ ।
हस्त पुन
प्रमुख
गुर्भाकोट नगरपालिका