जनार्दन शर्माले अलपत्र परेका मजदुरलाई फोन सम्पर्क गरे, बसको व्यवस्था गरेर घर पठाउँदै


नेपालगन्ज ११ चैत : बुटवलमा अलपत्र परेका रुकुमका मजदुरलाई नेकपाका नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले उद्धार गरेका छन् । रुकुमबाट सिन्धुली मजदुरी गर्न गएकाहरु बुटवलमा अलपत्र परेका थिए । उनीहरुलाई गाडीले छोडिदिदा अलपत्र परेको खबर थाहा पाएपछि नेता शर्माले प्रत्यक्ष सम्पर्क गरेका थिए ।

गाडीको व्यवस्था गरि घरमा पठाउन लागिएको कुरा नेता शर्माले सामाजिक सन्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । सानीभेरी गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष मार्फत घरमा सकुशल भएको खबर पठाइदिन अनुरोध गर्दै सहयोग गर्ने नारायण पन्थीलाई धन्यवाद दिएका छन् । सामान्य नागरिकको समेत यसरी हेक्का राखेकोमा नेता शर्माको प्रशंसा गरिएको छ । कोरोना संक्रमण बिरुद्ध सरकारले लागू गरेको लकडाउनमा ती मजदुहरु फसेका हुन ।

प्रकाशित मितिः     ११ चैत्र २०७६, मंगलवार १२:०२  |