नोबेल कोरोना (कोभिड १९) भाइरसको महामारी संसारभरी नै फैलिरहेको र सो को रोकथामका लागि नेपाल सरकारले नेपाल भरी लागू हुने गरि लकडाउन गरिएको ब्यहोरा अवगत नै छ ।
उक्त लकडाउनको समयमा सर्वसाधारण नागरिक हरुले आफू बसेको बास स्थानमा सुरक्षित साथ बसि महामारी बिरुद्ध सरकारले गरेको प्रयासमा सहयोग गर्नु पर्नेमा लकडाउनको समयमा पनि सर्वसाधारण नागरिक हरु राजनीतिक दलको बन्द खुले जस्तो बेलुकी पाँच छ बजे पश्चात् असंख्य रुपमा घर बाहिर निस्की भिडभाडको अवस्था सृजना हुने गरि हिडडुल गर्ने गरेको प्रती आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
लकडाउन सामान्य अवस्था होईन , विशेष परिस्थितिको उपज हो यो । गम्भीर अवस्थामा सबै नागरिक हरुले राज्यबाट स्वास्थ्य सुरक्षाका लागी गरिएका कार्यहरूमा रचनात्मक सहयोग पुर्याउनु सबै नागरिकहरुको कर्तव्य हो ।
यस्तो महामारीको असहज परिस्थितिमा संबेदनसिल भई भबिस्यमा हुन सक्ने भयावह बिपत्तिको रोकथाममा सबै नागरिक हरुबाट सहयोगको अपेक्षा गर्दै महामारीको रोकथामका लागी नेपाल सरकारले गरेका निर्णयहरुको कार्यान्वयनका लागी स्थानिय प्रशासनले मानबोचित , मानवमैत्री किसिमले आवश्यक पहल गर्दै, नेपाल सरकारले प्रदेश सरकार र स्थानिय सरकारको समन्वयमा बाके जिल्लामा स्थापना गरिएका क्वारेन्टाइनहरु मानवअधिकार मैत्री रुपमा संचालन गर्नका लागी आवश्यक साधन स्रोतको ब्यवस्थापन गर्न र आइसुलेसनका लागी तयार गरिएका अस्पतालहरुमा कोरोना भाइरस परिक्षण उपकरणको उचित ब्यवस्थापन र संलग्न चिकित्सक , स्वास्थ्यकर्मी , सुरक्षाकर्मी तथा अन्य कर्मचारीहरुको स्वास्थ्य सुरक्षाका लागी सबै प्रबन्धहरु समयमै ब्यवस्थापन गर्न राज्यका सबै निकाय एवं सम्बद्ध सबैमा राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय हार्दिक आग्रह गर्दछ ।