नेपालगन्ज वडा नं. २ वडा समितिको आकस्मिक बोर्ड बैठकको निर्णयहरु
१. वडा अध्यक्ष र सदस्यज्युहरुले आफ्नो एक महिनाको सेवा सुबिधा पाउने रकम वडाको अति बिपन्नबर्गहरुको मानबिय कार्यमा खर्च गर्न वडा स्तरीय कोरोना समन्वय समितिको खातामा दिने ।
२ मानवीय सेवाका लागि अग्रपंक्तिमा जाने सामुहिक प्रतिबद्धता ।
३ लक्षित बर्गको कार्यक्रम कोरोना संक्रमण लडाइ बिरुद्द्को अभियानमा केन्द्रित रहेर संचालन गर्ने ।
४ कार्यलय आवस्यकता अनुसार संचालन गर्ने।
५ कीट नासक औषधि वडाको भित्री गल्ली र खुल्ला नाला मा छ्रर्ने ।
६ आदरणीय वडा बासिलाइ घर भाडा मिनाहाको लागि अनुरोध गर्ने ।
७ राहत संकलन गर्ने वडा सदस्य ज्यु हरुको प्रत्यक्ष संलग्नतामा घर धुरी सर्बेक्षण गरि आइतबार पेस गर्ने ।
८ सबैलाइ सरकार ले गरेको निर्णय कार्यान्वयन गर्न अनुरोध गरि सबै सुरक्षित र सतर्क रहन वडा समिती हार्दिक अनुरोध गर्द्छ ।