प्रदेश सांसद आईपी खरेलद्धारा बाँकेका क्वारेन्टाइन अनुगमन


५ नम्बर प्रदेशका सांसद तथा नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले शनिबार खजुरा गाउँपालिका वडा नम्बर १ मा स्थापना गरिएको क्वारेन्टाइनको अनुगमन गरेका छन ।

उनले खजुरा गाउँपालिका वडा नम्बर १ मैटहवा माध्यमिक विद्यालय राधापुरमा भारत लगायत तेश्रो मुलुकबाट गाउँमा आएका कोरोना आशंकित ब्यक्तिहरुलाई राख्न बनाइएको क्वारेन्टाइनको आज अनुगमन गरेका हुन । अनुगमनका क्रममा स्थानीयहरुले बाहिरबाट गाउँमा आएका अरु धेरै व्यक्तिहरु पनि रहेकाले उनिहरु सबैलाई क्वारेन्टाइनमा राख्नु पर्ने माग गरेका थिए ।

सांसद खरेलले बाहिरबाट गाउँमा आएर बसेका त्यस्ता सबै व्यक्तिहरुलाई खोजेर क्वारेन्टाइनमा ल्याउनका लागि त्यहाँका सुरक्षाकर्मी र जनप्रतिनिधिहरुलाई निर्देशन दिएका थिए । राधापुर क्वारेन्टाइनमा हाल खजुरा गाउँपालिका वडा नम्बर २, ५ र ६ का गरि २१ जना व्यक्ति रहेका छन ।

प्रकाशित मितिः     १५ चैत्र २०७६, शनिबार २०:३३  |