बासका अध्यक्ष रमेश सिटौला माथि भएको आक्रमण प्रति गम्भिर ध्यानाकर्षण


गृह मन्त्रालय, स्थानीय प्रशासनले लक डाउनका क्रममा अत्यावश्यक काममा सर्बसाधारण जान सक्ने कुरा नागरिकहरुलाई सुचित गराउँदै आईरहेको क्रममा आज साँझ ६.१५ बजे आफ्नो औषधी खरिदका लागि बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला नेपालगञ्ज मेडिकल कलेज नजिकको मेडिकल पुगेको बेला प्रहरीले गरेको अन्धाधुन्ध लाठी चार्ज प्रति गम्भिर ध्यानाकर्षण भएको बासले जनाएको छ ।

औषधी खरिद गर्न जाँदा वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी जवानले सिटौलालाई लाठि चार्ज गरेका थिए ।

 

प्रकाशित मितिः     १६ चैत्र २०७६, आईतवार २१:२३  |