आदर्श ग्रुप तथा नेपालगन्ज मल्टिपल क्याम्पसका चिफ डाइरेक्टर तथा हिसानका केन्द्रिय उपाध्यक्ष ईश्वर पोखरेलको समन्वयमा करिव ३ सय जनालाई खाद्यान्न वितरण गरिएको छ।
विश्वभरि नै महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को कारणले नेपाल अहिले लकडाउनमा रहेको छ। लकडाउनले गर्दा नेपालगन्जको जमुनाह नाकामा अलपत्र परेका १८१ जना नेपालीहरुलाई दशगजामा अस्थायी क्वारेन्टाइन निर्माण गरि राखिएको छ।
क्वारेन्टाइनमा बसेका १८१ जना, उनीहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा अलपत्र परेका व्यक्तिहरु गरि करिव ३ सय जनालाई १४ दिन जति पुग्ने दाल, चामल, ग्याँस, तरकारी , नुन , तेल लगायतको रासन वितरण गरिएको ईश्वर पोखरेलले बताउनुभयो ।

पोखरेलका अनुसार हिसान बाँके बर्दियाका अध्यक्ष डाक्टर अभिनिन्द्र मिश्र, वेस्टर्न रियल स्टेटका अध्यक्ष संजय थापा, प्याब्सन बाँकेका जिल्ला अध्यक्ष राजेन्द्र आचार्य , वेस्टर्न बचत तथा ॠण सहकारीका प्रबन्धक थानेश्वर पाण्डे , वेस्टर्न विजनेस ग्रुप, नेपालगन्ज मल्टिपल क्याम्पस, आदर्श मावि नेपालगन्ज, मलम पट्टि मर्निङ ग्रुपका डाक्टर बद्री चापागाईं, सनबिम माविका अध्यक्ष गिरिराज पौडेल, नेपालगन्ज मेडिकल कलेजमा एमडी सुरेश कनोडिया,इन्सेक प्रमुख भोला महत, कनोडिया परिवार, कन्हैया वैद्य , मारवारी सेवा परिषदको अध्यक्ष , क्यान बाँकेका अध्यक्ष रमनी शर्मा उद्योगपति कनौयालाल वैध, नेपालगन्ज मल्टिपल क्याम्पसका अध्यक्ष निरज गौतम लगायतको समन्वय अनि उपस्थितिमा राहत वितरण गरिएको हो।
सामाजिक दुरीलाई कायम राख्दै वितरण गरिएको उक्त राहत पहिलो चरणको रहेको बताइएको छ। दोस्रो चरणमा पुनः केही राहत संकलन गरि अन्य विपन्न वर्गलाई राहत वितरण गरिने बताइएको छ।