घरमै बसेर शबे बरात पर्व मनाउन मुस्लिम अगुवाको अपील


नेपालगन्ज २५ चैत :  मुस्लिम समुदायले बिहिवार परेको शबे बरात पर्व घरमै मनाउने भएका छन् ।

कोरोना संक्रमण रोक्नका लागि लागू गरिएको लकडाउन कार्यान्वयनमा सहयोगी बन्दै मुस्लिम समुदायले यस्तो निर्णयमा पुगेका हुन ।

मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले प्रेस बिज्ञप्ती जारी गदैृ मस्जिद र कर्बस्तानमा नगई घरमै बसेर इबादत ( उपासना) गर्न अपील गरेका छन् ।

यस्तै मुस्लिम संगठन नेपालका पाँच नम्बर इन्चार्ज मोहमद हारुनले कोरोना बिरुद्धको लडाईमा एकजुट हुन आह्वान गर्दै यस वर्षको इवादत घरमै गर्न आह्वान गरे । उनले यसमा सबैले साथ दिनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मितिः     २५ चैत्र २०७६, मंगलवार १८:०७  |