नेपालगन्ज ७ बैशाख- नेकपाका केन्द्रिय सदस्य एंब बाँके क्षेत्र न १ का संघिय सांसद महेश्वर गहतराज अथकको पहलमा बाँकेमा अति आवश्यक स्वास्थ्य सामाग्री पठाईएको छ ।
स्वास्थ्य राज्य मन्त्री नबराज राउतसँगको आग्रह पछि गुणस्तरिय स्वास्थ्य सामाग्रीहरु बाँकेमा पठाएको बाके क्षेत्र न १ का संघिय सांसद अथकले बताए ।
बिश्व समुदायलाई नै आक्रान्त बनाईरहेको कोरोना माहामरी नियन्त्रणका लागि सांसद अथकको पहलमा अति आवश्यक स्वास्थ्य सामाग्रीहरु गुना थर्मा मिटर २८ थान, माक्स ४२३ थान,पिपिए सेट ४ सय थान र ग्लोक्स एक हजार थान पठाएका छन् । उक्त सामाग्री सबै स्थानीय तह, अस्पताल र स्वास्थ्य संघ संस्थाहरुले लिन सक्ने अथकले बताए ।
बजारमा यस्ता अति आवश्यक स्वास्थ्य सामाग्रीहरुको अभाव भइरहेको समयमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारका स्वास्थ्य सामाग्रीहरु भएको सांसद अथकले बताए ।
उक्त सामाग्री लिनका लागि हिल्स मेडि सप्लाएर्स नेपालगन्जमा सम्पर्क गर्न उनले अनुरोध गरेका छन् ।