कोरोनाबाट बढी प्रभावित क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरसंरचना गरिने


काठमाडौं। नेपाल राष्ट्र बैंकले कोरोनाबाट बढी प्रभावित क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरसंरचना गर्ने व्यवस्था गर्ने भएको छ।

राष्ट्र बैंकको ६५ औ वार्षिक उत्सवको अवसरमा एक मन्तव्य जारि गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोरोना बाट बढि प्रभावित क्षेत्रका लागि विशेष व्यवस्था गर्ने बताएका हुन्।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न व्यवस्था गर्ने भएको छ। कोरोना बाट बढी प्रभावित क्षेत्रलाई चालु पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई पनि थप सहज बनाउने व्यवस्था राष्ट्र बैंकले गर्ने भएको छ।

त्यस्तै साना तथा मझौला उद्योग, पर्यटन र कोरोनाबाट बढी प्रभावित क्षेत्रमा प्रादेशिक सन्तुलन कायम हुने गरि राष्ट्र बैंकबाट प्रदान हुने पुनरकर्जा सहज ढङ्गले प्रवाह गर्न पुनरकर्जा कार्यविधि संसोधन गर्नेपनि राष्ट्र बैंकले जनाएको छ। पुनरकर्जाको सहजताकै लागि ६० अर्बको पुनरकर्जा कोषलाई आवश्यक्ता अनुसार वृद्धि गर्दै लैजाने पनि राष्ट्र बैंकद्वारा जारि विज्ञप्तीमा उल्लेख छ।

त्यस्तै बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजिकरण गर्न आवश्यक उपायहरु अवलम्बन गर्ने, कोरोना बाट बढी प्रभावित क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरतालिकिकरण वा पुनरसंरचना गर्न सकिने सुविधा प्रदन गर्न र लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था पनि मिलाउन सकिने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मितिः     १५ बैशाख २०७७, सोमबार ०८:४८  |