बिपद्मा युवा नेता रत्न खत्रीको सक्रियता,रक्तदानदेखि बिपन्नलाई राहत दिदै


नेपा

लगन्ज १६ बैशाख : नेकपा बाँकेका कार्यालय सदस्य रत्न खत्रीले सोमबार खजुरा गाउँपालिकाले राधापुरको मैटहवामा संचालन गरेको क्वारेन्टाइनका लागि सहयोग गर्नुभएको छ ।

वयंसेवक र क्वारेन्टाइनमा बस्नेहरुका लागि खत्रीले सर्जिकल मास्क र ह्यान्ड स्यानिटाइजर प्रदान गर्नुभएको हो ।

खत्रीलाई कोरोना भाईरसका कारण लकडाउनको अवस्थामा देखिएका समस्या तथा राहत वितरणको अनूगमनका लागि पार्टीको तर्फबाट फोकल पर्सनको रुपमा खजुरा गाउँपालिकामा जिम्मेवारी दिइएको छ ।

कोरोना भाईरसको संक्रमण मुलुकमा देखिएपछि खत्रीले सबैभन्दा ठुलो समस्या अस्पतालमा रगतको देखिएपछि युवा नेताहरुसँगको सहकार्यमा रक्तदान कार्यक्रम सञ्चालन गर्नुभयो ।

पार्टीको जिल्ला कार्यालय सदस्य तथा संगठन विभाग प्रमुखको रुपमा खत्रीको सक्रियतापछि खजुरामा पार्टी गतिविधीले पनि जिवन्तता पाएको नेकपा जिल्ला कमिटी सदस्य सतिश निारैलाले बताउनुभयो । वडा नम्बर ४ का इन्चार्ज समेत रहनुभएका
निरौला आफैपनि लकडाउनका कारण समस्यामा परेका परिवारका लागि राहत संकलन अभियानमा खटिदै आउनुभएको छ ।

नेकपा नेता खत्रीले पार्टीको खजुरा गाउँपालिका कमिटीले संचालन गरेको राहत संकलन अभियानमा समेत जोडिएर सहयोग गरिरहनुभएको छ । खत्रीले खजुरा गाउँपालिकाको फोकल पर्सनको रुपमा पार्टीबाट जिम्मेवारी प्राप्त गरेपछि दैनिकजसो वडाहरुमा बैठक राखेर कोरोनापछि स्थानीय बासिन्दाले भोग्नु परेका समस्या र पार्टीले गर्न सक्ने सहयोगका विषयमा छलफल समेत गर्दे आउनुभएको छ ।

२०६१ पछि पार्टी संकटमा परेको समयमा सक्रिय देखिएका खत्रीको अहिलेको सक्रियता आम कार्यकर्ताका लागि पनि उत्साहजनक भएको नेता निरौलाको भनाई छ ।

प्रकाशित मितिः     १६ बैशाख २०७७, मंगलवार ०९:४४  |